क्राईसचर्चमा गएको ठुलो भुकम्पको १४ वर्ष – New Zealand News Nepal (NZ News Nepal)

क्राईसचर्चमा गएको ठुलो भुकम्पको १४ वर्ष

   February 22, 2025  

२२ फेब्रुअरी सन् २०११ दिउसो १२ बजेर ५१ मिनेट जादाँ न्युजिल्याण्डको साउथ आईल्याण्ड स्थित क्राईसचर्चमा शक्तीशाली भुकम्प गएको थियो । उक्त्त उक्त भुकम्प भएको आज १४ वर्ष पुरा भएको छ । भुकम्पको तिब्रता ६।३ रेक्टर स्केलको थियो र यसले क्राईसमा ठुलो मात्रामा धनजनको क्षति गराएको छ । भुकम्पबाट भौतिक क्षति ठुलो अनुपातमा भएको थियो । उक्त भुकम्पमा परि १८५ जनाले ज्यान गुमाएका थिए भने हजारौ मानिस घाईते भएका थिए । ६ महिना अघि मात्र सन् २०१० सेप्टेम्बरमा क्राईसचर्च मै अर्को ठुलो भुकम्प गरेको थियो । यस्को तिब्रता ७।१ रेक्टर स्केलको थियो । त्यस्को घाऊ निको हुन नपाउदै अर्को ठुलो भुकम्प गएको थियो । तिब्रताको हिसाबले अघिल्लो भुकम्प भन्दा सानो भुकम्प फेब्रुअरीमा गएपनि शहरमै केन्द्रबिन्दु भएकाले यसबाट ठुलो क्षति भएको थियो ।