न्युजिल्याण्डको सुन्दरतालाई बलिवुडले पनि पछाउदै आएको छ । न्युजिल्याण्डको सुन्दर डाडाकाडा देखि शहर सम्म बिभिन्न हिन्दी चलचित्रहरु सुटिङ गरिएको छ ।
आज हामी यस्तै न्युजिल्याण्डमा सुटिङ भएका ६ बलिवुड चलचित्रको बारेमा जानकारी गराउदै छौ ।
१. रहना है तेरे दिल में
सन् २००१ मा प्रदर्शनमा आएको यो चलचित्रको गित न्युजिल्याण्डमा सुटिङ भएको हो । चलचित्रको टाईटल गीत नै न्युजिल्याण्डको डुनेदिन र क्राईसचर्चमा छायंकन गरिएको हो । चलचित्रमा आर माधवम, दिया मिर्जा, सैफ अली खान लगायतका कलाकारको अभिनय रहेको छ ।
२. कहो ना प्यार है
ह्रितिक रोशन, अमिशा पट्टेलको चर्चित चलचित्र कहो ना प्यार है को केही भाग न्युजिल्याण्डमा खिचिएको छ । चलचित्रको दोस्रो भागमा अभिनेत्री अमिशा पट्टेल न्युजिल्याण्ड बस्नको लागि आउछिन् । त्यस्पछिका अधिकांश फिल्मका दृष्य साउथ आईल्याण्डको कुईन्सटाउनमा छायंकन गरिएको छ । यो चलचित्रको गीत ना तुम जानो ना हम पनि न्युजिल्याण्डकै कुईन्सटाउनमा सुटिङ भएको हो । अर्को टाईटल गीत पनि न्युजिल्याण्ड कै नर्थ आईल्याण्डमा छायंकन गरिएको हो ।
३. आई हेट लव स्टोरी
सोनम कपुर र ईमरान खान अभिनित चलचित्र आई हेट लव स्टोरीको पनि छायंकन न्युजिल्याण्डमा भएको हो । रोमन्टिक चलचित्रको एउटा गीत कुईन्सटाउनको लेक फन्टमा सुटिङ भएको छ । सड्का किया बोलको उक्त गीतमा न्युजिल्याण्डका प्राकृतिक दृष्य देख्न सकिन्छ ।
४. मै प्रेमकी दिवानी हुँ
अर्को चर्चित हिन्दी चलचित्र मै प्रेमकी दिवानी हुँ को केही भाग न्युजिल्याण्डको अकल्याण्ड, कुईन्सटाउन र क्राईसचर्चमा छायंकन गरिएको हो । ह्रितिक रोशन, करिना कपूर, अभिषेक बच्चनको मुख्य भूमिका रहेको चलचित्रको एउटा गीतमा भारत नै सुन्दरनगर देखाईएको दृष्य वास्तवमा न्युजिल्याण्डको कुईन्सटाउनको हो । त्यस्तै चलचित्रमा करिना कपुरले पढ्ने कलेज अकल्याण्डको एक कलेज हो ।
५. प्लेयर्स
सन् २०१२ मा आएको अर्को हिन्दी फिल्म प्लेयर्सको केही भाग पनि न्युजिल्याण्डमा छायंकन भएको हो । न्युजिल्याण्डका अलावा यो चलचित्र रसिया, फ्रान्स लगायतको देशमा पनि सुटिङ भएको थियो ।
६. कुछ तुम कहो कुछ हम कहे
सन् २००२ मा प्रदर्शनमा आएको चलचित्र कुछ तुम कहो कुछ हम कहेको एउटा गीत न्युजिल्याण्ड मै सुटिङ भएको हो । फरदिन खान र रिचा पलार्ड अभिनित चलचित्रको गीत हुवा दिलका सलाम न्युजिल्याण्डको कुईन्सटाउनमा खिचिएको हो ।


