न्युजिल्याण्डका उप प्रधानमन्त्री विन्स्टन पिटर्स आजबाट ५ देशको भ्रमणमा – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका उप प्रधानमन्त्री विन्स्टन पिटर्स आजबाट ५ देशको भ्रमणमा

   February 20, 2025  

न्युजिल्याण्डका उपप्रधान तथा बिदेशमन्त्री विन्स्टन पिटर्स आजबाट ५ देशको भ्रमणमा जादै छन् ।
भ्रमणका लागि उनि आज न्युजिल्याण्डबाट साउदीको राजधानी रियाद पुग्ने छन् । साउदीबाट सुरु हुने उनको भ्रमण दुवई, चीन, मङोलिया हुँदै दक्षिण कोरियामा गरेर टुङ्गिने छ । साउदीमा उपप्रधानमन्त्रीले त्यहाँका लगानीकर्तासँग भेट गर्ने छन् । त्यस्तै रियाद मै आयोजना हुने घोडा दौड प्रतियोगिताको पनि पिटर्सले अवलोकन गर्ने छन् । रियादपछि उनि दुवई जाने छन् । दुवईमा पनि केही उच्चस्तरको भेटघाट गरेर उनि चीनको राजधानी वेईजिङ पुग्ने छन् । बेईजिङमा चीनका बिदेशमन्त्री लगायत अन्य केही नेता सँग पिटर्सले भेट गर्ने छन् । त्यसपछि पिटर्स मङोलिया पुग्ने छन् । मङोलियामा रहदा पिटर्सले न्युजिल्याण्ड र मङोलिया बिचको कुटिनितिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा केही कार्यक्रममा भाग लिने छन् । मङोलियाको भ्रमण सकेर पिटर्स दक्षिण कोरियाको राजधानी सियोल पुग्ने छन् । सियोलमा कोरियाका बिदेशमन्त्रीसँग उपप्रधानमन्त्री पिटर्सको द्पक्षिय कुराकानी हुने छ । कोरियामा पनि त्यहाका लगानीकर्तासँग पिटर्सले भेट्ने छन् । ११ दिन लामो ५ देशको भ्रमण सकेर पिटर्स मार्च २ तारिक न्युजिल्याण्ड फर्किने छन् । न्युजिल्याण्ड लगानी गर्नको लागि तयार र उपयुक्त रहेको सन्देश प्रवाह गर्न उप्रप्रधानमन्त्रीले भ्रमण गर्न लागेको उनको न्युजिल्याण्डको बिदेशमन्त्रालयले जनाएको छ ।