देश छोड्न भनिएका दामन कुमारलाई न्युजिल्याण्डले दियो ‘रेसिडेन्सी’, बुवाआमा भने डिपोर्ट हुने – New Zealand News Nepal (NZ News Nepal)

देश छोड्न भनिएका दामन कुमारलाई न्युजिल्याण्डले दियो ‘रेसिडेन्सी’, बुवाआमा भने डिपोर्ट हुने

   February 20, 2025  

न्युजिल्याण्ड मै जमिएर पनि न्युजिल्याण्डबाट निकालिएका १८ वर्षका दामन कुमारलाई सरकारले पिआर दिने भएको छ । सन् २००६ मा जन्मिएका दामन कुमारका बुवाआमा उनि जन्मिएका गैरकानुनी रुपमा न्युजिल्याण्ड बसेका थिए । सन् २००६ मा भएको अध्यागमन कानुन परिमार्जन भएको ६ महिना पछि उनि जन्मिएका थिए । सो समयमा उनका बुवाआमाको कुनै भिसा थिएन र गैर कानुनी रुपमा उनिहरु न्युजिल्याण्ड बस्दै आएका थिए । सन् २००२ मा जन्मिएकी दामनकी दिदी भने अहिले न्युजिल्याण्डको नागरिकको रुपमा बसोबास गर्छिन् । तर दामनलाई भने कुनै पनि भिसा दिईएको थिएन । उनी पनि आफ्नै आमाबुवा जस्तै गैरकानुनी रुपमा सन् २००६ देखि बस्दै आएका थिए । दामनलाई न्युजिल्याण्डको पिआर दिएपनि उनका बुवाआमा भने डिपोर्ट हुने भएका छन् । सन् २००६ मा लेबर सरकारले ल्याएको नयाँ नियम अनुसार न्युजिल्याण्डमा जन्मिएका बच्चाले नागरिकता प्राप्त गर्न आमाबाबुमध्ये एक जना न्युजिल्याण्ड कै नागरिक हुनुपर्ने वा अनिश्चित कालसम्म न्यूजील्याण्डमा बस्ने भिसा पाएको हुनु पर्ने थियो । तर दामनका आमाबाबुसँग त्यो बेला न्युजिल्याण्ड बस्ने कुनै भिसा थिएन । यसरी गैरकनुनी रुपमा न्युजिल्याण्ड बसेको भन्दै दामन र उनका परिवारलाई १७ फेब्रुअरी सोमबारसम्ममा न्युजिल्याण्ड छोड्न वा अध्यागमनले उनिहरुलाई न्यूजिल्याण्डबाट देश निकाला गर्ने बताएको थियो । उक्त निर्णय बाहिरएसगैँ यस्को चौतर्फी बिरोध र आलोचन भएको थियो । न्युजिल्याण्ड मै जन्मिएको, १८ वर्ष सम्म न्युजिल्याण्ड बाहिर नगएको एक युवालाई देश छोड्न भनिएको प्रति सर्बत्र आलोचना भएपछि सरकारले दामनलाई डिपोर्ट गर्ने निर्णय रोकेको थियो । केही दिनको छलफल र पुनर्बिचार पछि दामनलाई न्युजिल्याण्डको रेसिडेन्सी प्रदान गरिने भएको छ ।