न्युजिल्याण्ड नजिकै चीनले किन गर्दैछ सैन्य अभ्यास – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्ड नजिकै चीनले किन गर्दैछ सैन्य अभ्यास

   February 22, 2025  

न्युनिल्याण्ड र अष्ट्रेलियाको बिचमा पर्ने तास्मान महासागरमा चीनले लगातार सैन्य अभ्यास गरेपछि चौतर्फी चासोको बिषय बनेको छ । शुक्रबार पहिलो चरणको सैन्य अभ्यास गरेकाले उक्त क्षेत्र भनेर उड्ने सबै उडानलाई डाईभर्ट गरिएको थियो जस्मा एयर न्युजिल्याण्डको केही उडान पनि रहेको छ । यस्लाई न्युजिल्याण्डले गम्भिर रुपमा हेरिरहेको न्युजिल्याण्डकी रक्षामन्त्री जुडिथ कोलिन्सले बताएकी छिन् । फायरिङ्ग सहितको अभ्यास भएकाले उक्त क्षेत्रमा हाल हवाई खतरा रहेको भन्दै मन्त्री कोलिन्सले यो घटनालाई न्युजिल्याण्डले नजिकबाट नियालीरहेको बताईन् । चीनले हाल उक्त क्षेत्रमा ३ वटा युद्द जहाज परिचालन गरेको छ । उता अष्ट्रेलियामा पनि यस्लाई चिन्ताको बिषयको रुपमा लिईएको छ । अष्ट्रेलियाकी बिदेशमन्त्री पेन्नी वङले चीनले तास्मान क्षेत्रमा गरेको सैन्य अभ्यासलाई पारदर्शी राख्ने विश्वास लिएकी छिन् । हाल दक्षिण कोरियाको भ्रमणमा रहेकी वङले चीनका आफ्ना समकक्षीसँग भेट गरेकी छिन् । सैन्य अभ्यासको गरेको एक घण्टापछि दुई नेता बिच भेट भएको थियो ।

यस्ता न्युजिल्याण्डको प्रधानमन्त्री क्रिस्टोफर लक्सनले चीनले न्युजिल्याण्डसँग सल्लाह बिना उक्त क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको बताएका छन् । शनिबार पनि दोस्रो चरणको अभ्यास सुरु भएपछि न्युजिल्याण्डको प्रधानमन्त्रीले नै यसबारेमा गम्भिर चासो राखेका हुन् ।