न्युजिल्याण्डमा स्थानिय तहको निर्वाचन आउँदो अक्टोबरमा- १३१ क्षेत्रिय, ७०५ स्थानिय काउन्सिलर र ६६ मेयर पदको लागि हुनेछ निर्वाचन – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा स्थानिय तहको निर्वाचन आउँदो अक्टोबरमा- १३१ क्षेत्रिय, ७०५ स्थानिय काउन्सिलर र ६६ मेयर पदको लागि हुनेछ निर्वाचन

   February 23, 2025  

न्युजिल्याण्डमा स्थानिय तहको निर्वाचन आउदो अक्टोबरमा हुने भएको छ । सन् २०२२ मा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीको कार्यकाल यसै वर्ष सकिने भएपछि अक्टोबरमा निर्वाचन गर्न लागिएको हो । यो निर्वाचनबाट बिभिन्न ६६ स्थानमा मेयर निर्वाचित हुने छन् । क्षत्रिय निर्वाचनमा १३१ क्षत्रिय काउन्सिलर निर्वाचित हुने छन् । त्यस्तै प्रादेशिक निकायको चुनावबाट ७०५ स्थानिय काउन्सिलर अर्थात पार्षद निर्वाचित हुने छन् ।
न्यूजील्याण्डको स्थानीय सरकारले शहर र जिल्लामा मेयर र काउन्सिलर, क्षेत्रीय काउन्सिलर र स्थानीय बोर्डका सदस्यहरू चयन गर्न त्रिवार्षिक चुनाव गर्ने गर्दछ । धेरैजसो शहर र जिल्ला परिषदहरूले माओरी वार्डहरूमा स्थानीय जनमत संग्रह पनि गर्नेछन् । २०२५ को न्यूजील्याण्डको स्थानीय चुनाव अक्टोबर ११ मा गरिने कार्यतालिका रहेको छ ।