आज चुनाव भयो भने कस्लाई भोट दिनुहुन्छ ? यसो भन्छन् न्युजिल्याण्डबासी – New Zealand News Nepal (NZ News Nepal)

आज चुनाव भयो भने कस्लाई भोट दिनुहुन्छ ? यसो भन्छन् न्युजिल्याण्डबासी

   March 10, 2025  

न्युजिल्याण्डमा भएको एक सर्वेक्षण अनुसार हाल सत्तासिन पार्टी नेशलन भन्दा लेबर पार्टी अगाडि आएको छ ।

२ देखि ४ मार्च सम्म भएको सर्वेक्षणमा न्युजिल्याण्डबासीले सन् २०२३ मा सत्ता बाट फ्यालिएको लेबर पार्टीलाई रोजेका छन् । लेबरको पक्षमा ४७ % मत आएको छ भने नेशनललाई जम्मा १४% जनताले मत दिएका छन् । त्यस्तै ग्रिन पार्टीलाई १७ %, एक्टलाई ७ %, एन्जेड फर्स्टलाई ५ % र माओरी पार्टीलाई ३ % जनताले आफ्नो मत दिएका छन् । ६ % ले भने हाल संसदमा नरहेको अन्त्य कुनै दललाई मत दिने बताएका छन् ।

त्यस्तै तपाईं कस्लाई प्रधानमन्त्री देख्न चाहन्छु हुन्छ भने प्रश्नमा पनि लेबर पार्टीका नेता क्रिस हिपकिन्स अगाडि रहेका छन् भने अहिलेलाई प्रधानमन्त्री क्रिस्टोफर लक्सन दोस्रो नम्बरमा छन् । हिपकिन्सलाई २०.७ % ले प्रधानमन्त्रीको रुपमा चाहेका छन् ।