न्युजिल्याण्डका एक सांसदले नेपाल गएर सगरमाथा बेस क्यापमा ट्रेकिङ गर्न दुई साता बिदा लिएका छन् । नेशनल पार्टीका सांसद एन्ड्रयु बेयलीले संसद र पार्टीबाट बिदा लिई नेपाल जान लागेका हुन् । पुर्व वाणिज्य मन्त्री समेत रहेका बेयलीले गत महिना मन्त्री पदबाट राजिनामा दिएका थिए । मन्त्रालय कै एक कर्मचारीलाई हात लगाएपछि उनी राजिनामा दिन बाध्य भएका थिए । राजिनामा दिनासाथ उनले बिदा बस्ने भन्दै प्रधानमन्त्री समक्ष बिदाको लागि आग्रग गरेका थिए । बिदा स्वीकृत भएपछि उनी सगरमाथा बेस क्याम्पसम्म ट्रेकिङ गर्न जान लागेका हुन् । प्रधानमन्त्री क्रिस्टोफर लक्सनका प्रवक्ताले संसद चलिरहेको बेला नेशनलले व्यक्तिगत बिदा दिनु धेरै दुर्लभ भएको तर बिदाको अवस्था हेरेर विचार गरिएको बताए ।
बेयली न्युजिल्याण्डको संसद्मा पहिलो पटक सन् २०१४ मा निर्वाचित भएका थिए । राजनीतिमा आउनअघि उनी आर्थिक क्षेत्रमा क्रियाशील थिए ।


