न्युजिल्याण्डका प्रधानमन्त्री भारत प्रस्थान, ५ दिन भारतमा के के गर्दै छन् ? – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका प्रधानमन्त्री भारत प्रस्थान, ५ दिन भारतमा के के गर्दै छन् ?

   March 16, 2025  

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन भारत प्रस्थान गरेका छन् । उनि ५ दिनको औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् । लक्सन शनिबार न्युजिल्याण्डबाट रोयल न्युजिल्याण्डको एयरफोर्स बिमानमार्फत दिल्ली गएका हुन् । लक्सन आईतबार भारत पुग्ने छन् । भारतमा रहदा प्रधानमन्त्री लक्सनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सँग सोमबार भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै सोमबार नै दिल्लीमा आयोजना हुने राईसिना सभामा लक्सन प्रमुख अतिथीको रुपमा सहभागी हुने छन् । सोमबार प्रधानमन्त्री मोदीले लक्सनको सम्मानमा लन्च होस्ट गर्ने छन् भने सोही दिन  राष्ट्रपती दौप्रदी मुर्मुसँग भेट्ने छन् ।
मंगलबार लक्सन मुम्बई जाने छन् । त्यहा उनले भारतका व्यापारीहरु सँग भेट्ने कार्यक्रम रहेको छ । ५ दिने भ्रमण सकेर लक्सन बुधबार न्युजिल्याण्ड फर्किने छन् ।