न्युजील्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स आगामी मे २८ तारिखमा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल जान लाग्नु भएको छ। यो भ्रमण न्युजील्याण्डबाट मन्त्रीस्तरको पहिलो औपचारिक भ्रमण हो।
नेपालका लागि न्युजील्याण्डका नेपाली वाणिज्यदूत दिनेश खड्काले उपप्रधानमन्त्री पिटर्सको भ्रमणको जानकारी दिँदै, उक्त भ्रमण ऐतिहासिक हुने उल्लेख गर्नुभयो ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा दलका नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ।
यो भ्रमणले नेपाल–न्युजील्याण्ड सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
उपप्रधानमन्त्री पिटर्सको भ्रमण तयारीलाई लिएर हाल कूटनीतिक तहमा आवश्यक समन्वय र तयारी तीव्र रूपमा अगाडि बढाइएको छ ।


