उड्नेबित्तिकै खस्यो एयर इन्डियाको विमान – New Zealand News Nepal (NZ News Nepal)

उड्नेबित्तिकै खस्यो एयर इन्डियाको विमान

   June 12, 2025  

भारतको गुजरात राज्यस्थित अहमदावादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको एयर इन्डियाको विमानमा २४२ बढी यात्रु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

टाइम्स अफ इन्डियाका अनुसार लन्डनका लागि उडेलगत्तै विमान नजिकै खस्नपुगेको हो। 

एयर इन्डियाको बी७८७ विमान भीटी–एएनबी एआई–१७१ कलसाइन उडान नम्बरमा अहमदावादबाट बेलायतको ग्याटविक जाने क्रममा दुर्घटनामा परेको भारतीय हवाइ उड्डयन महानिर्देशनालयले जनाएको छ। विमानमा २४२ यात्रु, दुई पाइलट र १० क्याबिन क्रु रहेका थिए। 

विमानलाई क्याप्टेन सुमीत सभरवालले फर्स्ट अफिसर क्लाइभ कुन्दरसँगै उडाएका थिए। हाल घटनास्थलमा उद्धार कार्य जारी छ।