‘मातारिकी’को अवसरमा राजा चार्ल्सको शुभकामना सन्देश – New Zealand News Nepal (NZ News Nepal)

‘मातारिकी’को अवसरमा राजा चार्ल्सको शुभकामना सन्देश

   June 20, 2025  

न्यूजील्याण्डमा मातारिकी पर्व उल्लासपूर्वक मनाइँदैछ। यो अवसरमा बेलायती राजा चार्ल्सले न्यूजील्याण्डवासीहरूलाई समर्पित विशेष सन्देश पठाएका छन्।

“ए मिहि आना कि आ मातारिकी मा पूआंगा,” अर्थात् “मातारिकीलाई सम्मान,” भन्दै आफ्नो सन्देश सुरु गरेका राजाले भने, “म र मेरी पत्नी न्यूजील्याण्डमा मातारिकी अर्थात् माओरी नयाँ वर्ष मनाउने सम्पूर्णलाई हार्दिक शुभकामना दिन्छौं।”

यस वर्ष विशेषगरी ती इवी (माओरी जातीय समुदाय) र क्षेत्रहरूलाई राजाले स्मरण गरे, जसले नयाँ वर्षको सुरुवात पूआंगा तारा (Rigel) को उदयसँग गर्छन्।

राजा चार्ल्सले भने, “पूर्वी क्षितिजमा मातारिकीको उदयले विगतलाई स्मरण गर्ने, हराएका प्रियजनलाई सम्झने र उज्यालो भविष्यको तयारी गर्ने समयको संकेत गर्दछ।”

साथै उनले यो पर्वले विभिन्न समुदाय र मानिसहरूलाई एउटै आकाशमुनि एकताबद्ध भई उत्सव मनाउने अवसर दिने उल्लेख गरे।