हिप्किन्सले लेखेका छन्, “क्रिस्टोफर लक्सनले जीवन सजिलो बनाउने वाचा गरेका थिए — तर अधिकांश परिवारका लागि जीवन झन् कठिन बन्दै गएको छ। बिजुलीको बिल, किराना सामान र काउन्सिल रेट्स दिनप्रतिदिन बढ्दैछन्।”
उनले प्रधानमन्त्री लक्सनमाथि आम नागरिकको जीवन र समस्याबाट टाढा रहेको आरोप लगाउँदै थपे, “लकसनलाई अधिकांश मानिसको जीवन कस्तो छ भन्ने थाहा नै छैन। उनी केवल जनजीवनबाट टाढा मात्र होइन, यस्ता निर्णय गरिरहेका छन् जसले जनताको जीवन झन् कठिन बनाइरहेको छ।”
सरकारको आर्थिक नीति र बढ्दो जीवनयापन खर्चप्रति विपक्षी नेताको यो आलोचना वर्तमान सरकारमाथि थप दबाब सिर्जना भएको रुपमा हेरिएको छ।