माओरी पार्टीकी सांसद केम्पको निधन

351 Shares

ते पाति माओरी (माओरी पार्टीकी) सांसद ताकुताइ टार्श केम्पको निधन भएको छ।

सांसद केम्प संसदमा बुधबार उपस्थित भई अकल्याण्ड फर्किएकी थिइन्। उनी लामो समयदेखि मृगौला रोगबाट पीडित थिइन् र अघिल्लो वर्षदेखि संसदबाट छुट्टी लिएकी थिइन्।

२०२३ को आम चुनावमा उनले लेबर पार्टीका उमेदवार पेनी हेनेरमाथि जम्मा चार मतको साँघुरो अन्तरले टामाकी माकाउराउ निर्वाचन क्षेत्र जितेकी थिइन्। पछि पुनः मतगणनाले यो अन्तर केही फराकिलो बनाएको थियो।

राजनीतिमा आउनु अघि केम्प मनुरेवा माराेकी तुमुआकी (नेता) थिइन् र Hip Hop International की निर्देशक समेत रहिएकी थिइन्।

उनको निधनले न्यूजिल्याण्डको माओरी समुदाय र राजनीतिक वृत्तमा ठूलो शोक छाएको छ।

सम्बन्धित समाचार

सबै