गैरआवासीय नेपाली संघ (NRNA) न्यूजिल्याण्डको नयाँ कार्यकाल (२०२५–२०२७) का लागि अच्युत अर्याल अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न अधिवेशनबाट अर्यालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन भएको हो।
उपाध्यक्षमा टेक बहादुर गुरुङ र कृष्णप्रसाद भण्डारी चयन भएका छन् भने महासचिवको जिम्मेवारी नरहरि बासेलले सम्हाल्ने भएका छन्।
सचिवमा सुरेश बुढा थापा र मिलन जिसी चयन भएका छन्। कोषाध्यक्षमा सुलभ पौडेल निर्वाचित भएका छन् भने सह कोषाध्यक्षमा हरिओम सापकोटा चयन भएका छन्।
यसैगरी, कार्यसमितिका सदस्यहरूमा प्रक्षिश निरौला, सीमा थापा, उज्वल बास्ताकोटी, नमिता दवाडी, आशिक बाँस्तोला, दामोदर घिमिरे, रामचन्द्र अर्याल, सुरेश लामा र गोविन्दप्रसाद निरौला रहेका छन्।


