तास्मान-नेल्सनका नागरिकलाई काउन्सिलको अनुरोध– अत्यावश्यक नभए शुक्रवार बाहिर ननिस्किनु – New Zealand News Nepal (NZ News Nepal)

तास्मान-नेल्सनका नागरिकलाई काउन्सिलको अनुरोध– अत्यावश्यक नभए शुक्रवार बाहिर ननिस्किनु

   July 10, 2025  

नेल्सन–तास्मान क्षेत्रका बासिन्दालाई मौसम विभागले शुक्रबार (जुलाई ११) को दिन अत्यधिक खराब मौसमको चेतावनी दिएको छ। लगातारको वर्षा, तेज हावा र संभावित बाढी तथा पहिरोको जोखिमका कारण विभागले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको हो। नेल्सन तास्मन काउन्सिलले उक्त क्षेत्रका लागि आपतकालीन अवस्था घोषणा गरिसकेको छ

मौसम विभागको अनुसार:

  • भारी वर्षा र आँधी आउने सम्भावना
  • पहाडी तथा नदी आसपासका क्षेत्रमा बाढी र पहिरोको उच्च जोखिम
  • सडक अवरुद्ध हुने सम्भावना

तसर्थ, तास्मान र नेल्सन क्षेत्रका सबै नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउन, आवश्यक सामग्री तयारी अवस्थामा राख्न र सम्भव भएसम्म घरमै बस्न आग्रह गरिएको छ।

आपतकालीन सेवाहरू तयारी अवस्थामा
स्थानीय प्रशासन, नागरिक सुरक्षा र आपतकालीन सेवाहरू तयारी अवस्थामा छन्। कुनै आपतकालीन अवस्था आएमा तुरुन्तै 111 मा सम्पर्क गर्न सकिन्छ।