रुसको सुदूर पूर्वी क्षेत्रमा आज बिहान ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पको केन्द्रस्थल समुद्रको सतहभन्दा गहिरो भागमा भएको बताइएको छ, जसका कारण छालको गति तीव्र हुन सक्ने अनुमान गरिएको छ।
भूकम्पपछि प्रशान्त क्षेत्रीय सुनामी चेतावनी केन्द्रले विभिन्न देशहरूलाई सुनामीको सम्भावनाबारे चेतावनी जारी गरेको छ, जसमा न्यूजील्याण्ड पनि पर्दछ। न्यूजील्याण्डको उत्तरी तथा पूर्वी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
न्यूजील्याण्डको National Emergency Management Agency (NEMA) ले नागरिकहरूलाई आधिकारिक स्रोतबाट जानकारी लिन र तटीय क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिएको छ। सम्भावित सुनामीको प्रभाव कुन क्षेत्रमा कति समयपछि देखिन सक्छ भन्नेबारे विश्लेषण भइरहेको जनाइएको छ।
स्थानीय अधिकारीहरू सतर्क छन् र आपतकालीन तयारी अवस्थामा छन्। थप विवरणहरू आउँदै छन्।


