न्यूजील्याण्डमा आजै मध्यरातदेखि देखिने छ सुनामीको प्रभाव, कहाँ–कहाँ छ खतरा? – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डमा आजै मध्यरातदेखि देखिने छ सुनामीको प्रभाव, कहाँ–कहाँ छ खतरा?

   July 30, 2025  

रुसको कमचाट्का प्रायद्वीप नजिक ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जसको प्रभाव न्यूज़ील्याण्ड सम्म आइपुग्ने खतरा देखिएको छ। आज बिहान ११:२५ बजे (NZT) उक्त भूकम्प आएपछि न्यूजील्याण्डभरि राष्ट्रिय स्तरको सुनामी चेतावनी जारी गरिएको छ।

नेशनल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (NEMA) का अनुसार, समुद्री किनार आसपासका क्षेत्रमा असामान्य र खतरनाक छालहरू, शक्तिशाली धारहरू र अप्रत्याशित उथलपुथल देखिन सक्ने सम्भावना छ।

सुनामी तरंगहरू रातिको १२ बजेदेखि सुरु भई विभिन्न चरणमा देशभर फैलिन सक्ने अनुमान गरिएको छ

रातिको १२ बजेदेखि – पहिलो गतिविधि Lottin Point (Gisborne को उत्तर) नजिक देखिने सम्भावना।

१२ बजे देखि १:३० – Gisborne र Northland क्षेत्रमा सुनामीको लहर फैलिने र त्यसपछि देशभर प्रभाव पर्ने पूर्वानुमान।

हालसम्म समुद्री किनारमा बाढीको सम्भावना भने नगन्य देखिएको छ। तर, किनार, बन्दरगाह, नदी र मरिना क्षेत्रमा पानीको चाल अत्यन्त अस्थिर र खतरनाक हुन सक्ने चेतावनी दिइएको छ।

नागरिकले के गर्नुपर्छ?
पानीबाट टाढा रहनुहोस् – पौडी खेल्ने, डुङ्गा चलाउने, माछा मार्ने, वा किनार नजिक जानु जोखिमपूर्ण।

किनाराबाट टाढा बस्नुहोस् – राति १२ बजे देखि बिहान २ बजेसम्म विशेष सर्तकता अपनाउनुहोस्।

सर्तक रहनुहोस् – Civil Defence, GNS Science लगायतको आधिकारिक सूचनाको अनुगमन गर्नुहोस्।

निर्देशन पालना गर्नुहोस् – पहिलो लहर सानो लागे पनि पछिल्ला लहरहरू अझ शक्तिशाली हुन सक्छन्।

यो भूकम्प २०११ पछि विश्वकै एकदमै ठूलो भूकम्प मध्ये एक हो र कमचाट्का क्षेत्रमा १९५२ को ९ म्याग्निच्युडको भूकम्प पछि हालसम्मकै शक्तिशाली। त्यतिबेला रुस, हवाई र जापानमा ९ मिटरसम्मको छाल आएको थियो। न्यूजील्याण्ड Pacific Ring of Fire मा पर्ने भएकोले, विश्वका अन्य क्षेत्रमा उत्पन्न सुनामीहरूले यहाँ पनि असर पार्न सक्छन्।