क्राइस्टचर्चमा राजु लामाको गीतमा झुमे नेपाली, शुक्रबार अकल्याण्ड र आइतबार टौरङ्गामा – New Zealand News Nepal (NZ News Nepal)

क्राइस्टचर्चमा राजु लामाको गीतमा झुमे नेपाली, शुक्रबार अकल्याण्ड र आइतबार टौरङ्गामा

   August 3, 2025  

नेपाली चर्चित गायक राजु लामाले न्यूजील्याण्ड टुर अन्तर्गत आफ्नो पहिलो प्रस्तुति हिजो शनिबार क्राइस्टचर्चमा दिएका छन्। हजारौं नेपाली सहभागी उक्त कार्यक्रममा गायक लामा र उनको ब्यान्ड मङ्गोलियन हर्टले आफ्ना चर्चित गीतहरूमा नेपालीहरूलाई झुमाएका थिए।

अब टुरको दोस्रो प्रस्तुति अन्तर्गत अकल्याण्डमा आउँदो शुक्रबार तथा अन्तिम प्रस्तुति आइतबार टौरङ्गामा आयोजना हुँदैछ।