पपुआ न्यूगिनीको भ्रमण सकेर स्वदेश फर्किए न्यूजील्याण्डका प्रधानमन्त्री – New Zealand News Nepal (NZ News Nepal)

पपुआ न्यूगिनीको भ्रमण सकेर स्वदेश फर्किए न्यूजील्याण्डका प्रधानमन्त्री

   August 6, 2025  

न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्शन पपुआ न्यूगिनीको दुईदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। सन् २०२५ मा पपुआ न्यूगिनीको स्वतन्त्रताको ५०औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री लक्शन सोमबार राजधानी पोर्ट मोरेस्बी पुगेका थिए।

उक्त ऐतिहासिक अवसरमा दुई राष्ट्रबीचको दीर्घकालीन मित्रताको उत्सवस्वरूप प्रधानमन्त्री लक्शनलाई १९ तोपको सलामीसहित भब्य स्वागत गरिएको थियो। उनले त्यहाँ सैन्य परेड अवलोकन गरे साथै राजकीय भोजमा समेत सहभागी भए।

राजकीय भोजमा पपुआ न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेले न्यूजील्याण्डसँगको मित्रवत सम्बन्धको खुलेर प्रशंसा गर्दै प्रधानमन्त्री लक्शनलाई आफ्नो समकक्षीको रूपमा सम्मान व्यक्त गरेका थिए।

यस भ्रमणले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।