न्यूजील्याण्डको सांगीतिक भ्रमणमा रहेका चर्चित नेपाली गायक राजु लामा र उनको ब्यान्ड मंगोलियन हर्टले आज अकल्याण्डमा आफ्नो प्रस्तुति दिइरहेका छन्।
गत हप्ता क्राइस्टचर्चमा सफल कन्सर्ट सम्पन्न गरेपछि आजको प्रस्तुति अकल्याण्डका नेपाली समुदायबीच अझ उत्साहजनक हुने अपेक्षा गरिएको छ। राजु लामाले आफ्ना हिट गीतहरूमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाउनेछन्।
यस सांगीतिक यात्राअन्तर्गत आउँदो आइतबार (अगस्ट १०) टौरंगामा अन्तिम कन्सर्ट आयोजना गरिने आयोजक संबन्ध इभेन्ट्सले जानकारी दिएको छ।
न्यूजील्याण्डमा बसोबास गर्ने नेपालीहरूका लागि यो अवसर संगीत, संस्कृति र एकताको उत्सव बनेको छ।
– एनजेड न्यूज नेपाल


