494
Shares
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डेनले आफ्नो विवाह सारेकी छिन् । देशमा फैलिएको ओमिक्रोन संक्रमणका कारण आफुले विवाह सार्नु परेको प्रधानमन्त्रीले बताएकी छिन् । प्रधानमन्त्रीले यही आउदो केही महिनामा आफ्ना पार्ट्नर क्लार्क गेफोर्ड सँग विवाह गर्ने घोषणा गरेकी थिईन । आर्डेन र क्लार्कको ३ वर्षिय छोरी छिन् । लामो समय देखि लिभिङ रिलेसनमा बसेका यि दुईले २०२२ को सुरुवातमा विवाह गर्ने तयारी गरेका थिए । तर ओमिक्रोनका कारण आफ्नो विवाह स्थगित गर्नु परेको प्रधानमन्त्रीले आज आयोजित पत्रकार सम्मेलनमा बताएकी छिन् ।