सर्वेक्षण: न्यूजील्याण्डको २०२६ आमनिर्वाचनको परिणाम निकै तरंगित हुने, ‘अल्पमत संसद’को सम्भावना – New Zealand News Nepal (NZ News Nepal)

सर्वेक्षण: न्यूजील्याण्डको २०२६ आमनिर्वाचनको परिणाम निकै तरंगित हुने, ‘अल्पमत संसद’को सम्भावना

   August 11, 2025  

न्यूजील्याण्डको २०२६ आमनिर्वाचनको दौड निकै तरंगित हुने देखिएको छ । करदाताहरूको संघ–कुरियाको ताजा राजनीतिक सर्वेक्षणले हङ्ग पार्लियामेन्ट अर्थात अल्पमत संसदको सम्भावना देखाएको हो । कुनै पनि एकल पार्टी वा गठबन्धनले सरकार बनाउन पर्याप्त बहुमत नपाउने स्थिति आउने सम्भावना देखिन्छ।

यस्तोमा विपक्षीदलहरू की त आपसमा मिल्नु पर्ने हुन्छ, की त सरकार बन्ने सम्भावना नभएकाले संसदको निर्वाचन पुनः हुने छ। यस्तोमा भने अन्तर्राष्ट्रिय क्षेत्रमै न्यूजील्याण्डको राजनीति चर्चामा आउने छ। सम्भवतः कुनै सम्झौता गरेर भए पनि संसदको कार्यकाल भने अगाडि बढ्ने सम्भावना रहेको छ।

अगष्ट ३ देखि ५ सम्म गरिएको यो सर्वेक्षण देशको आर्थिक अवस्थाबारे आएका नकारात्मक समाचारहरूको श्रृंखलापछि आएको हो । परिणामअनुसार लेबर पार्टीले २ अंकले वृद्धि गर्दै ३३.६% समर्थन प्राप्त गर्दै सबैभन्दा ठूलो पार्टीको स्थान पुनः हात पारेको छ । अर्कोतर्फ नेशनल पार्टी २.१ अंकले घट्दै ३१.८% मा पुगेको छ ।

ग्रीन पार्टी ०.४ अंक बढेर ९.८% मा, एक्ट पार्टी ०.५ अंक घटेर ८.६% मा, न्युजील्याण्ड फर्स्ट २ अंकले घट्दै ७.८% मा र ते पार्टी माओरी ०.३ अंक घटेर ३.२% मा पुगेका छन् ।

पार्टीभोट विवरण:

लेबर:  ४३ सिट

नेशनल: ४० सिट

ग्रीन:  १२ सिट

एक्ट:  ११ सिट

न्युजील्याण्ड फर्स्ट:  १० सिट

ते पार्टी माओरी:  ६ सिट

प्रधानमन्त्री पदका लागि रोजाइ:

क्रिस्टोफर लकसन: २०.२% (+०.५)

क्रिस हिप्किन्स: २०.२% (+०.६)

विन्सटन पिटर्स: ८.२% (–१.१)

क्लोइ स्वारब्रिक: ८% (+१)

डेभिड सीमोर: ६.२% (+०.५)