राजु लामा र मंगोलियन हार्टले सके ‘पहिलो न्यूजील्याण्ड टुर’ – New Zealand News Nepal (NZ News Nepal)

राजु लामा र मंगोलियन हार्टले सके ‘पहिलो न्यूजील्याण्ड टुर’

   August 11, 2025  

चर्चित नेपाली गायक राजु लामाले आफ्नो पहिलो न्यूजील्याण्ड टुर सम्पन्न गरेका छन्। केही साताअघि न्यूजील्याण्ड पुगेका गायक राजु लामा र उनको व्याण्ड ‘मंगोलियन हार्ट’ ले देशका तीन ठूला शहरहरूमा आफ्नो प्रस्तुति दिएका थिए। साउथ आइल्याण्डको क्राइस्टचर्चमा गत अगस्ट २ मा, नर्थको अकल्याण्डमा अगस्ट ८ मा र टउराङ्गामा हिजो अगस्ट १० मा राजु लामाको कन्सर्ट आयोजना गरिएको थियो।

अब यो सांगीतिक समूहको कार्यक्रम भारतमा हुनेछ। न्यूजील्याण्डबाट १५ अगस्टमा नेपाल फर्किने योजनामा रहेका टोलीले अगस्ट २० मा भारतको उत्तर–पूर्व क्षेत्रमा आफ्नो प्रस्तुति दिनेछन्।