न्युजिल्याण्ड आइपुगिन् ‘साम्बा’, अकल्याण्ड विमानस्थलमा नेपाली समुदायद्वारा भव्य स्वागत – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्ड आइपुगिन् ‘साम्बा’, अकल्याण्ड विमानस्थलमा नेपाली समुदायद्वारा भव्य स्वागत

   September 2, 2025  

नेपाल महिला राष्ट्रिय फुटबल टिमकी स्टार खेलाडी सबित्रा भण्डारी (साम्बा) न्युजिल्याण्ड आइपुगेकी छिन्। उनलाई न्युजिल्याण्डमा भव्य स्वागत गरिएको छ।

भण्डारी मंगलबार राति अकल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्। उनले हालै अस्ट्रेलिया र न्युजिल्याण्डमा हुने महिला ए-लिग क्लब वेलिङटन फिनिक्ससँग आगामी दुई सिजनका लागि सम्झौता गरेकी छिन्।

साम्बालाई स्वागत गर्न न्युजिल्याण्डस्थित नेपाली मानार्थ वाणिज्यदूत दिनेश खड्काले विशेष स्वागत गरेका थिए।

साथै, स्वागतका लागि विमानस्थलमा नेपालका राष्ट्रिय झण्डा सहित नेपाली समुदाय उपस्थित भएको थियो।