न्यूजील्याण्डका नर्सहरूको हड्ताल आज पनि, ३५ हजारभन्दा बढी नर्सहरूले आज काम छोड्ने – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डका नर्सहरूको हड्ताल आज पनि, ३५ हजारभन्दा बढी नर्सहरूले आज काम छोड्ने

   September 4, 2025  

न्यूजील्याण्डमा ३५,००० भन्दा बढी नर्सहरूले आज (बिहीबार) बिहान ७ बजेबाट राति ११ बजेसम्म हड्ताल गर्ने तयारी गरेका छन्। यस हड्तालले देशभर १३,००० भन्दा बढी बिरामीहरूमा असर पुर्‍याउने र २२ सयभन्दा बढी शल्यक्रियाहरू रद्द हुने अनुमान गरिएको छ।

यसअघि गत मंगलबार पनि देशभरका नर्सहरू आन्दोलनमा सहभागी भएका थिए। आजको हड्ताल यस साताको दोस्रो ठूलो हड्ताल हो।

नर्सहरूले स्टाफिङ स्तर र सुरक्षा सम्बन्धी चिन्ताका कारण आन्दोलन गरिरहेका छन्। ताजा तलब प्रस्तावलाई पनि ” पछाडि फर्किने कदम” भनेर अस्वीकृत गरिएको छ। तलब समानता र पर्याप्त स्टाफिङका अलावा, नर्सहरूले ३ प्रतिशतभन्दा बढी तलब वृद्धिको माग पनि गरेका छन्।