न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या दिन प्रती दिन बढ्दै गईरहेको छ । आज मात्र यहाँ १०३ जनामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज एक जनाको कोरोनाका कारण मृत्यु समेत भएको छ । मृत्यु हुनेमा ७० वर्षिय एक पुरुष रहेका छन् । आज भेटिएका १०३ संक्रमितमा प्राय ओमिक्रोन भेरियन्ट का रहेका अनुमान गरिएको छ । न्युजिल्याण्डमा अहिलेसम्म १६ हजार १४६ जनामा कोरोना संक्रमण भईसकेको छ । यहाँ सकृय संक्रमितको संख्या भने १४०५ रहेको छ भने ५२ जनाको मृत्यु भएको छ । त्यस्तै १४ हजार ६८९ जना भने संक्रमण मुक्त भईसकेका छन् ।


