तामाकी माकौराउ निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा ते पार्टी माओरीकी उम्मेदवार ओरिनी कैपरा विजयी भएकी छिन्। उनले लेबर पार्टीका पिनी हेनेरेलाई २,९३८ मतको अन्तरले पराजित गरिन्।
उक्त उपनिर्वाचन जुन महिनामा सांसद ताकुताई टर्श केम्पको निधनपछि आयोजना गरिएको थियो। केम्पले सन् २०२३ को आमनिर्वाचनमा ते पार्टी माओरिका लागि सो निर्वाचन क्षेत्र जितेका थिए।
निर्वाचन क्षेत्रमा कुल ४३,७९६ मतदाता नाम दर्ता भएका थिए, तर उनीमध्य केवल करिब २१% मतदाताले मात्र मतदान गरेका थिए।


