नेपालमा जेन जी प्रदर्शन : प्रहरीको गोली लागेर ८० जना घाइते, एकजनाको मृत्यु – New Zealand News Nepal (NZ News Nepal)

नेपालमा जेन जी प्रदर्शन : प्रहरीको गोली लागेर ८० जना घाइते, एकजनाको मृत्यु

   September 8, 2025  

काठमाडौं — जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर ८० जना घाइते भएका छन्। तीमध्ये एकजनाको मृत्यु भएको छ। घाइतेहरूको उपचार त्रिपुरेश्वरस्थित सिभिल अस्पतालमा भइरहेको छ।

अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार उपचाररत ८० मध्ये एकजनाको मृत्यु भइसकेको हो।
“८० जना घाइतेहरू अस्पतालमा छन्, त्यसमध्ये एकजनाको मृत्यु भएको छ,” रेग्मीले जानकारी दिए।

यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु क्षेत्र बिस्तार गरेको छ। यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र लागू गरिएको कर्फ्यु अहिले शीतलनिवास (राष्ट्रपतिको कार्यालय), लैनचौर (उपराष्ट्रपतिको कार्यालय), नारायणहिटी दरबार संग्रहालय र सिंहदरबारसम्म फैलाइएको छ।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार कर्फ्यु आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुनेछ।