न्यूजील्याण्डका विभिन्न शहरहरूमा जेनजी प्रदर्शनमा मृत्यु भएका युवाहरूको सम्मानमा दीप प्रज्वलन गरिदै – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डका विभिन्न शहरहरूमा जेनजी प्रदर्शनमा मृत्यु भएका युवाहरूको सम्मानमा दीप प्रज्वलन गरिदै

   September 9, 2025  

न्यूजील्याण्डका विभिन्न शहरहरूमा सोमबार नेपालमा भएको जेन–जी प्रदर्शनका क्रममा मृत्यु भएका १९ युवाहरूको सम्मान र सम्झनामा दीप प्रज्वलन (क्यान्डल लाइट भिजिल) आयोजना गरिने भएको छ।

अकल्याण्ड, नेल्सन, क्राइस्टचर्च, पापामोआ लगायतका विभिन्न शहरहरूमा आज साँझ ६ बजे दीप प्रज्वलन कार्यक्रम सुरु हुने छ।

समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेन–जीहरूले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा सोमबार १९ जनाको मृत्यु भएको र सयौं घाइते भएका छन्। यस घटनाप्रति अन्तर्राष्ट्रिय स्तरबाट पनि विरोध सुरु भएको छ।

गृहमन्त्री रमेश लेखकले हिजै पदबाट राजीनामा दिएका छन् भने विश्वभरका नेपालीहरूले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामाको माग गर्दै छन्।

दीप प्रज्वलन कार्यक्रमले मृतक युवाहरूको बलिदानलाई सम्झने र न्यायको पक्षमा सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ।