अवस्था नियन्त्रणमा लिन नसक्ने प्रहरीद्वारा ओलीलाई जानकारी – New Zealand News Nepal (NZ News Nepal)

अवस्था नियन्त्रणमा लिन नसक्ने प्रहरीद्वारा ओलीलाई जानकारी

   September 9, 2025  

काठमाडौंको सुरक्षा अवस्था नियन्त्रण बाहिर गएको छ । नेता तथा मन्त्रीका घरहरूमा आगजनी तथा केही प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको छ ।

सुरक्षा अवस्था चारवटै सुरक्षा संगठनको नियन्त्रणबाहिर गएपछि नेताहरूलाई सुरक्षित ठाउँतर्फ सार्न थालिएको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिन नसक्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराइसकेका छन् । विभिन्न सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको छ । भैंसेपाटीस्थित मन्त्री क्वार्टरभित्र समेत प्रर्दशनकारी छिरेका छन् ।