प्रधानमन्त्री ओली दुबई भाग्ने तयारीमा – New Zealand News Nepal (NZ News Nepal)

प्रधानमन्त्री ओली दुबई भाग्ने तयारीमा

   September 9, 2025  

काठमाडौंमा जारी आन्दोलन र सुरक्षा निकायहरू नियन्त्रण बाहिर पुगेसँगै विभिन्न अड्कलबाजी सुरु भएका छन्। केही स्रोतहरूले प्रधानमन्त्री केपी शर्मा ओली सुरक्षित स्थान वा विदेशतर्फ प्रस्थान गर्ने तयारीमा रहेको दाबी गरेका छन्।

विशेषगरी, दुबईलाई सम्भावित गन्तव्यका रूपमा चर्चा गरिएको छ। यद्यपि, यसबारे आधिकारिक पुष्ट जानकारी प्राप्त भएको छैन। सरकारले अहिलेसम्म यस विषयमा कुनै टिप्पणी गरेको छैन।

राजनीतिक अस्थिरता र आन्दोलनको चपेटामा परेका प्रधानमन्त्री ओली दुबई वा अन्य मुलुकतर्फ भाग्न सक्ने चर्चा सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चर्किएको छ।