प्रतिनिधि सभा विघटन गर्ने, प्रधानमन्त्रीको सपथ आजै – New Zealand News Nepal (NZ News Nepal)

प्रतिनिधि सभा विघटन गर्ने, प्रधानमन्त्रीको सपथ आजै

   September 13, 2025  

प्रतिनिधि सभा विघटन गरेरै अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा गृहकार्य अघि बढेको छ।

स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद विघटन गरेर अन्तरिम सरकार गठनका लागि निकास दिन तयार भएका छन्। यसका लागि अहिले प्रक्रियागत गृहकार्य भइरहेको छ।

राष्ट्रपति पौडेलले शुक्रबार बिहानैदेखि विभिन्न दलका नेता, प्रधानसेनापति र जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। गएराति अन्तरिम सरकार प्रमुखको रूपमा प्रस्ताव गरिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि छलफल गरेका थिए।  

कार्कीले संसद् विघटनसहितका मागहरू जेनजीको माग भएको र आफू पनि उक्त मागभन्दा बाहिर जान नसक्ने बताएकी थिइन्।