नेपाल र न्यूजील्याण्डमा एकै वर्ष आम निर्वाचन हुँदै

176 Shares

नेपालमा नयाँ राजनीतिक परिवर्तनसँगै प्रतिनिधिसभाको निर्वाचन सन् २०२६ मार्च ५ मा हुने भएको छ। देश मध्यावधिमा गएपछि मार्च ५ मा आम निर्वाचन हुने घोषणा गरिएको हो।

त्यस्तै, नेपालमा निर्वाचन सम्पन्न भएको केही महिनापछि न्यूजील्याण्डमा पनि आम निर्वाचन हुने तय भएको छ। न्यूजील्याण्डमा तीन वर्षे कार्यकाल पूरा भएपछि नियमित निर्वाचन हुने प्रावधान छ।

हालसम्म न्यूजील्याण्डमा हुने आम निर्वाचनको ठ्याक्कै मिति तोकिएको छैन, तर सन् २०२६ डिसेम्बर १९ भन्दापछि चुनाव नहुने प्रष्ट भएको छ। सन् २०२६ नोभेम्बर ९ मा न्यूजील्याण्डको प्रतिनिधिसभा स्वयम् विघटन हुने भएकाले सम्भावित रूपमा नोभेम्बर वा डिसेम्बर महिनामा आम निर्वाचन हुने देखिन्छ।

सम्बन्धित समाचार

सबै