लामो समयको प्रतिक्षा पछि न्युजिल्याण्डको सिमा अन्तत: अक्टोबरबाट पूर्ण रुपमा खुल्ने भएको छ । गत बिहीवार सरकारले न्युजिल्याण्डको सिमा विश्वभरका लागि खुलाउने निर्णय गरेको थियो । यो प्रकृया यही फेब्रुअरी २७ बाट सुरु हुनेछ । सरकारले बिभिन्न पाँच चरणमा न्युजिल्याण्डको सिमा खोल्ने निर्णय गरेको हो । तर सिमा खोल्ने निर्णयलाई भने सरकारकै एक मन्त्रीले विश्वास गरेका छैनन् । न्युजिल्याण्ड सरकारका कोविड १९ प्रतिक्रिया मन्त्री क्रिस हिप्किङ्सले आउदो ६ महिना मा स्थिती धेरै परिवर्तन हुने भन्दै अक्टोबर बाट सिमा पूर्ण रुपमा खुल्छ भनेर ग्यारेन्टी दिन नसक्ने बताएका छन् । एक टेलिभिजनमा अन्तर्वाता दिने क्रममा हिप्किङ्सले उक्त कुरा बताएका हुन् । अन्तर्वातामा प्रस्तोताले ‘ के तपाईं ग्यारेन्टी दिनसक्नु हुन्छ कि अक्टोबर बाट हाम्रो सिमा विश्वभरका लागि खुल्छ भनेर ? कि त्यस्लाई बाधा हुने कुनै कुरा छन् ? ‘ भनेर सोधेकी थिईन् । यस्को जवाफमा मन्त्री हिप्किङ्सले, ‘ हामी अझै विश्व महामारीबाट गुज्रीरहेका छौ । यस्तो अवस्थामा म ग्यारेन्टी दिन सक्दिन अबको ६ महिनामा के हुन्छ भनेर , अहिले मैले भन्न सक्ने भएको हामी यो निर्णयलाई बेला बेला मा रिभ्यु गर्दै जाने छौ । ‘ भनेका थिए । मन्त्री हिप्किङ्सको उक्त भनाईले बोडर खुल्ने कुरामा अझै केही अन्योल देखिएको छ ।