नेपालमा दशैंको टीकाको उत्तम साइत बिहान ११:५३ बजे, न्युजील्याण्डमा कति बजे ?

420 Shares

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको दशैं (विजयादशमी) टीकाको उत्तम साइत असोज १६ गते (२०८२ साल) बिहान ११ बजेर ५३ मिनेटमा परेको छ।

त्यस्तै घटस्थापनाको दिन असोज ६ गते सोमबार बिहान ९:१३ बजे जमरा राख्ने उत्तम साइत रहेको छ। असोज ७ गते बिहान ९:५३ बजे सरकारी कार्यालयमा झण्डा फेर्ने साइत तोकिएको छ भने असोज १३ गते बिहान ७:१५ बजे फुलपाती भित्र्याउने उत्तम साइत रहेको छ।

न्युजील्याण्डमा भने दशैंको साइत कति बजे छ भन्ने कुरा सार्वजनिक गरिएको छैन। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालका लागि निकालिएको शुभ साइतलाई अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको समयअनुसार सार्वजनिक गर्नेछ।

सम्बन्धित समाचार

सबै