न्युजिल्याण्डमा हालसम्म कै धेरै कोरोना संक्रमित थपिए , एकै दिन ४४६ जनामा कोरोना – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा हालसम्म कै धेरै कोरोना संक्रमित थपिए , एकै दिन ४४६ जनामा कोरोना

   February 11, 2022  

न्युजिल्याण्डमा आज शुक्रबार एकै दिन ४४६ जनामा कोरोना संक्रमित भेटिएका छन् । यो संख्या हालसम्म कै सबैभन्दा धेरै संख्या हो । यि मध्ये ३२ जना सिमामा भेटिएका छन् भने २३ जनाको अस्पातलमा उपचार भईरहेको छ । आज भेटिएका कोरोना संक्रमितमा सबै भन्दा धेरै अकल्याण्डमा भेटिएका छन् । अकल्याण्डमा आज ३४० जनामा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयले दैनिक रुपमा बढीरहेको कोरोना संक्रमितको संख्या देखेर चिन्ता व्यक्त गरेको छ । आज भेटिएका सबै संक्रमित ओमिक्रोन भेरियन्टका संक्रमित भएको मन्त्रालयले जनाएको छ ।