नर्थ आईल्याण्ड: सोमबारबाट मौसममा सुधार आउने – New Zealand News Nepal (NZ News Nepal)

नर्थ आईल्याण्ड: सोमबारबाट मौसममा सुधार आउने

   February 11, 2022  

नर्थ आईल्याण्डका बिभिन्न भागमा लगातार एक साता देखि वर्षा भईरहेको छ । बिशेषगरि नर्थ आईल्याण्डको उत्तरी क्षेत्रमा मौसममा बद्ली आएको हो । यहाँ लगातार ६-७ दिन देखि पानी परिरहेको छ । नर्थ आईल्याण्डको अकल्याण्ड, ह्यामिलटन, रोतोरुवा, तउरंगा, गिस्बोर्न र न्यापियरमा अहिले वर्षा भईरहेको छ । त्यस्तै ताउपो, मास्टरटन र न्यु प्लाईमाउथ मा पनि हल्का तथा खालको वर्षा भईरहेको छ । न्युजिल्याण्ड मौसम बिभागका अनुसार नर्थ आईल्याण्डको उत्तरी क्षेत्रमा मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने छ । बुधवारबाट वर्षा कम भएपनी आकाशमा बादल सकृय भएकाले पछिल्लो दुई दिन देखी केही क्षेत्रमा हल्का वर्षा भईरहेको छ । मौसम बिभागमा अनुसार सोमबारबाट भने मौसममा पूर्ण रुपमा सुधार आउने छ । सोमबार बाट आकाश खुल्ने र वर्षा पनि रोकिने बिभागले जनाएको छ ।