चक्रवात ‘डोवी’का कारण नर्थ आईल्याण्डमा भिषण हावाहुरी, केही स्थानमा वर्षा – New Zealand News Nepal (NZ News Nepal)

चक्रवात ‘डोवी’का कारण नर्थ आईल्याण्डमा भिषण हावाहुरी, केही स्थानमा वर्षा

   February 13, 2022  

न्युजिल्याण्डको नर्थ आईल्याण्डलाई चक्रवात डोवीले प्रभावित पारेको छ । नर्थ आईल्याण्डभरि नै हिजो दिउँसोबाट भिषण हावाहुरी र केही स्थानमा वर्षा भईरहेको छ । राजधानी वेलिङ्टनको हार्वरमा १५६ किलोमिटर प्रती घण्टाको रफ्तारबाट हावा चलिरहेको छ भने अन्य स्थानमा पनि निरन्तर हावाहुरी चलिरहेको छ । नर्थ आईल्याण्डको बिभिन्न स्थानमा रुखहरु ढ्लेर बिध्युत सेवा समेत अवरुद्ध भएको जनाईएको छ । राष्ट्रिय आपत व्यवस्थापन संस्थाका अनुसार मानिसहरुलाई खोला र समुन्द्रको आसपास नजान अनुरोध गरिएको बताईएको छ । हावाहुरीका कारण सडकमा रुख र बिजुलीका पोलहरु ढलेपछि स्टेट हाईवे ५८ , १ र २ का बिभिन्न क्षेत्रमा सवारी आवागमन रोकिएको छ । अकल्याण्डको हार्बर ब्रिज पनि बन्द गरिएको छ। त्यस्तै नर्थल्याण्डमा भारी वर्षा भएपछि त्यहाँको केही स्थानमा बाढी समेत आएको जनाईएको छ ।