अमेरिकामा १५ न्यूजील्याण्डका नागरिक हिरासतमा, ३ जना आप्रवासन केसमा – New Zealand News Nepal (NZ News Nepal)

अमेरिकामा १५ न्यूजील्याण्डका नागरिक हिरासतमा, ३ जना आप्रवासन केसमा

   September 26, 2025  

संयुक्त राज्य अमेरिकामा हाल १५ जना न्यूजील्याण्डका नागरिक विभिन्न जेल, हिरासत वा थुनामा रहेका छन् । तीमध्ये ३ जना मात्र आप्रवासन (इमिग्रेशन) सम्बन्धी हिरासतमा रहेको न्यूजील्याण्डको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार एक न्यूजील्याण्डवासी अहिले अमेरिकामा हिरासतमा छन्, जसलाई कन्सुलर सहयोग उपलब्ध गराइएको छ। “यो आप्रवासन सुविधा होइन, जस्तो कि गलत रूपमा रिपोर्ट गरिएको छ,” मन्त्रालयका प्रवक्ताले स्पष्ट पारे।

यसअघि सामाजिक सञ्जालमा ती व्यक्तिको अमेरिकामा सजायको प्रतिक्षामा रहेको र प्रहरी अधिकारीमाथि आक्रमणको मुद्दा खारेज भएपछि आप्रवासन अधिकारीहरूले पुनः हस्तक्षेप गरेको भन्ने दाबी गरिएको थियो। तर मन्त्रालयले गोपनीयताका कारण थप विवरण नदिने जनाएको छ।