न्युजिल्याण्डले प्यालेस्टाइनलाई राज्यको मान्यता नदिने

163 Shares

न्युजिल्याण्ड सरकारले हालको अवस्थामा प्यालेस्टाइनलाई आधिकारिक मान्यता नदिने निर्णय गरेको छ। सरकारले यो कदम अहिले उठाउनु प्रतिकूल हुन सक्ने भन्दै मान्यता नदिएको जनाएको छ, किनभने पूर्ण रूपमा वैध राज्यको स्थिति नबनेको अवस्थामामा मान्यता दिन उपयुक्त नहुने सरकारले तर्क छ।

सरकारले हमासको गतिविधि र इजरायलको सैन्य योजना तथा अवैध बसोबास (सेटलमेन्ट) प्रति पुनः निन्दा गरेको छ। यसैसँगै गाजामा आपतकालीन राहत सामग्री पुर्‍याउनका लागि थप १ करोड अमेरिकी डलर (NZ$10 million) को मानवीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा सरकारको अघिल्लो when not if भन्ने नीति नै कायम राख्दै, हालको अवस्थामा प्यालेस्टाइनको राज्यत्वलाई मान्यता नदिने निर्णय लिइएको हो।

सरकारको भनाइमा, गाजा पट्टीमा हमासको ‘डे-फ्याक्टो’ सरकार रहेको र आगामी चरणबारे स्पष्टता नहुँदा पूर्ण वैध प्यालेस्टाइन राज्य बनेको छैन, त्यसैले अहिले मान्यता दिन सकिँदैन।

यस निर्णयसँगै न्युजिल्याण्ड सिंगापुर, जापान, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका जस्ता देशहरूको सूचीमा रह्यो, जसले अहिलेसम्म प्यालेस्टाइनलाई मान्यता दिएका छैनन्।

सम्बन्धित समाचार

सबै