423
Shares
आज दशैंको मुख्य दिन विजयादशमी । न्युजिल्याण्डमा दशैंको टीका लगाउने सुरु गरिएको छ। बिहानको ११:२३ मा शुभ साइतमा टीका लगाउन सुरु गरिएको हो।
न्युजिल्याण्डमा टीका लगाउने समय नेपालमा भने बिहानको सवा ४ बजेको हुनेछ।
सम्भवतः नेपाली बसोबास गर्ने देशहरूमध्ये न्युजिल्याण्डमा सबैभन्दा पहिले दशैं मनाइएको हो।
आज नेपाललगायत विश्वभरका नेपालीले मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छन्।
नेपालमा भने शुभ साइत नेपाली समयअनुसार बिहान ११:२५ बजे रहेको छ। त्यो बेला न्युजिल्याण्डमा भने साँझ भइसकेको हुन्छ।