न्युजिल्याण्डमा Minimum Wage २४ डलर प्रति घण्टा ! अप्रिलबाट लागु हुने – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा Minimum Wage २४ डलर प्रति घण्टा ! अप्रिलबाट लागु हुने

   October 9, 2025  

न्युजिल्याण्डमा वर्तमान न्यूनतम ज्याला Minimum Wage प्रति घण्टा २३.५० डलर कायम छ। यो दर मार्च ३१, २०२६ सम्म लागू रहनेछ। आगामी वृद्धि अप्रिल १ देखि हुने अनुमान गरिएको छ। केही आर्थिक पूर्वानुमानहरूका अनुसार, मुद्रास्फीतिलाई ध्यानमा राख्दै नयाँ न्यूनतम ज्याला Minimum Wage करिब २४ डलर प्रति घण्टा पुग्ने सम्भावना छ।

न्युजिल्याण्ड सरकारले न्यूनतम मजदूरी वार्षिक रूपमा समीक्षा गर्दछ र प्रायः अप्रिल 1 बाट नयाँ दर लागू गरिन्छ। अप्रिल 1, 2026 बाट लाग्ने नयाँ मजदूरी दरको घोषणा सन् 2025 को अन्त्यतिर हुने अनुमान गरिएको छ।

कामदारहरूले आगामी वृद्धिलाई ध्यानमा राख्दै आफ्नो आर्थिक योजना बनाउन र आवश्यक तयारी गर्नुपर्ने बताइएको छ।