‘हाका’ सुरु भए लगत्तै न्युजिल्याण्डको संसद बैठक स्थगित – New Zealand News Nepal (NZ News Nepal)

‘हाका’ सुरु भए लगत्तै न्युजिल्याण्डको संसद बैठक स्थगित

   October 10, 2025  

टे पाटी माओरीकी नयाँ सांसद ओरिनी कैपाराले संसद प्रवेश गर्दै माओरी संविधानीक सन्धिको संरक्षणका लागि संघर्ष जारी राख्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्।

सदन उनको प्रथम अभिभाषण (maiden speech) ले सभामुख गेरी ब्राउनलीलाई असन्तुष्ट बनायो, किनकि भाषणपछि निरन्तर हाका पछि ब्राउनलीले सदन स्थगित गरे। उनले सांसद कैपाराको भाषण धेरै लामो भएकोमा पनि असन्तुष्टि जनाए।

संसद स्थगन हुनु निकै दुर्लभ मानिन्छ, तर ब्राउनलीले भाषणपछि हाका समेत हुनेछ भन्ने अपेक्षा नराखेको बताउँदै सदन स्थगित गर्न आदेश दिए।