‘Temu’ उपनाम दिदै पीटर्सले गरे हिप्किन्समाथि कडा टिप्पणी – New Zealand News Nepal (NZ News Nepal)

‘Temu’ उपनाम दिदै पीटर्सले गरे हिप्किन्समाथि कडा टिप्पणी

   October 20, 2025  

न्युजिल्याण्ड फ्युचर फण्डको घोषणा गरेको केही समयमै, परराष्ट्रमन्त्री तथा NZ First का नेता विन्सटन पीटर्सले लेबर पार्टीमाथि कडा टिप्पणी गरेका छन् । उनले विपक्षी नेता क्रिस हिप्किन्सले घोषणा गरेको “NZ Future Fund” आफ्नो पार्टीले एक वर्षअघिनै सार्वजनिक गरेको नीतिको सस्तो नक्कल मात्र भएको आरोप लगाए। पीटर्सले हिप्किन्सलाई ‘Temu’ उपनामसमेत दिए ।

पीटर्सले भने, “क्रिस ‘Temu’ हिप्किन्सले ‘NZ Future Fund’ घोषणा गरेका छन् — त्यो पनि हामीले गत वर्ष नै घोषणा गरेको नीति भन्दा पूरै १२ महिना पछि। दुई वर्षको शासनपछि, र आफ्नै नीति थालनीको सूचीमा आगो लगाइसकेपछि, हिप्किन्सले ल्याएको सबैभन्दा ठूलो आइडिया भनेको हाम्रो घोषणा गरेको फण्डको टेमु-स्टाइल नक्कल रहेछ।”

उनले थपे, “हाम्रो नीतिको सस्तो प्रतिरूप तयार पारेर त्यसलाई उही नाम दिनु नै साहस भएको देखियो। नक्कललाई प्रशंसा भन्छन्, तर यो त हद नै नाघिसक्यो।”

मिडियाबाट सोधिएको प्रश्नमा— NZ First ले यो नीति गत वर्ष घोषणा गरेको विषयमा हिप्किन्सले ‘मलाई थाहा छैन’ भन्ने प्रतिक्रिया दिएको उल्लेख गर्दै पीटर्सले व्यंग्य गर्दै भने, “उहाँलाई धेरै कुराको थाहा छैन, मौलिक नीति बनाउन सकिँदैन भन्ने पनि।”

पीटर्सको अन्तिम टिप्पणीमा उनले भने, “के मजाक गरेको हो यो!”