आज ‘भाइटीका’, न्युजिल्याण्डमा शुभ साइत बिहान ११:३१ बजे – New Zealand News Nepal (NZ News Nepal)

आज ‘भाइटीका’, न्युजिल्याण्डमा शुभ साइत बिहान ११:३१ बजे

   October 22, 2025  

यस वर्षको तिहारको अन्तिम दिन भाइटीका आज मनाइँदैछ। दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यका लागि टिका लगाइदिने यो दिन हिन्दू संस्कृतिको सबैभन्दा आत्मीय र प्रतीकात्मक पर्वहरूमध्ये एक हो।

न्युजिल्याण्डमा भाइटीकाको शुभ साइत आज बिहान ११:३१ बजे रहेको छ। त्यस समयमा नेपालमा भने बिहानको करिब ४:३० बजे हुनेछ। न्युजिल्याण्डमा रहेका नेपालीहरूले समय मिलाएर बिहानको उक्त शुभ साइतमा भाइटीका मनाउने तयारी गरेका छन्।

नेपालमा भाइटीकाको टिका साइत भने आज बिहान ११:३९ बजे रहेको समितिले जनाएको छ। नेपालमा टिका लगाउने उक्त साइतको समयमा न्युजिल्याण्डमा साँझ ७ बजे हुने छ।

दिदीबहिनी र दाजुभाइबीचको अमिट सम्बन्धको प्रतीक यो पर्वले विश्वभर रहेका नेपालीहरूलाई घर–परिवार र संस्कृतिसँग पुनः जोड्ने अवसर दिलाउँछ।