न्युजिल्याण्डमा आज थप १४ हजार ९ सय ४१ जनामा कोरोना संक्रमित थपिएका छन् । जस्मध्य ९ हजार जना अकल्याण्डमा मात्र भेटिएका छन् । त्यस्तै ३०५ जनाको अस्पतालमा उपचार भईरहेको छ । केहीदिन यता न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ । आज थपिएका झन्डै १५ हजार संक्रमितमा ५ हजार ७ सय ४७ पिसीआर परिक्षणबाट र बाँकी ९ हजार १ सय १४ जना Rapid Antigen परिक्षणबाट भेटिएका संक्रमित हुन् ।


