प्रधानमन्त्री लक्सन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच दक्षिण कोरियामा भेट – New Zealand News Nepal (NZ News Nepal)

प्रधानमन्त्री लक्सन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच दक्षिण कोरियामा भेट

   October 30, 2025  

न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले दक्षिण कोरियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गरेका छन्

दक्षिण कोरियाको राजधानी सिओलमा भइरहेको वार्षिक एशिया–प्यासिफिक आर्थिक सहयोग (APEC) नेतृत्व बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री लक्सनले भेटपछि प्रतिक्रिया दिँदै भने – “न्यूजील्याण्ड र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध अत्यन्तै मजबुत छ, र आजको भेटमा हामीले यसलाई अझ सुदृढ कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्यौं।”

प्रधानमन्त्री लक्सनले दक्षिण कोरियामा अन्य देशका शीर्ष नेताहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।