224
Shares
अष्ट्रेलियामा एक युवा क्रिकेट खेलाडीको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेर मृत्यु भएको छ। १७ वर्षीय बेन अष्टिन मंगलबार फेर्नट्री गलीस्थित क्रिकेट नेटमा अभ्यास गरिरहेको बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले उनको टाउको र घाँटीमा चोट लागेको हो । उनले अभ्यासका क्रममा हेलमेट पनि लगाएका थिए । मंगलबार चोट लागेपछि तुरुन्तै आपतकालीन सेवा बोलाएर उनलाई अस्पताल लगिएको थियो।
बीबीसीका अनुसार, अस्पतालमा लाइफ सपोर्ट सिस्टममा राखिएकै अवस्थामा बुधबार उनको मृत्यु भएको हो ।