लेबर पार्टीका नेता न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्री क्रिस हिप्किन्सले आफ्नी पार्टनर टोनी ग्रेससँग आफ्नो इङ्गेज्मेन्ट भएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त खबरमा हिप्किन्सले आफूले “ज्याकपोट परेको अनुभूति” भएको बताएका छन्।
हिप्किन्सले ग्रेससँगको प्रेम सम्बन्ध २०२३ मा पहिलाैँपटक सार्वजनिक गरेका थिए। अहिले भने उनले इन्स्टाग्राममार्फत इङ्गेज्मेन्टको घोषणा गर्दै मजाकीय शैलीमा लेखे, “यस साता म पावरबल जितिनँ, तर म भने साँच्चिकै ज्याकपोटमा परेझैँ लागेको छ।”
सधैं आफ्नो निजी जीवनबारे बोल्न हिचकिचाउने हिप्किन्सले ग्रेसले राजनीति, अभिभावकत्व र जीवनका उतारचढावमा सधैं शान्त, सकारात्मक र धैर्यवान् बनेर उनलाई साथ दिएको उल्लेख गरेका छन्।
“तिमी मेरो बलियो आधार हौँ। हाम्रो भविष्यको जीवनबारे म अत्यन्त उत्साहित छु। म तिमीलाई कति माया गर्छु र तिमीजस्तै अद्भुत मान्छेले मसँग विवाह गर्न सहमति जनाउँदा कति भाग्यशाली महसुस गर्छु भन्ने शब्दमै व्यक्त गर्न सक्दिनँ,” हिप्किन्सले भावुक हुँदै लेखेका छन्।
उनिहरू बीच सन् २०२६ मा विवाह गर्ने योजना रहेको बताइएको छ।


